सांसद चन्द्र भण्डारीकी आमाको उपचारको क्रममा निधन
काठमाडौं, फागुन ४ । ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते हुनुभएकी प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
कीर्तिपुरस्थित बोन अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो । अस्पतालका अनुसार बिहान करिब ११ बजेतिर उहाँको निधन हो । ८६ वर्षीया भण्डारीको करिब ७० प्रतिशत शरीरको भाग जलेको थियो ।
आमालाई बचाउन गएका उहाँका छोरा सांसद भण्डारीको सोहि अस्पतालमा उपचार भइरहेको छ । उहाँको ३० प्रतिशत शरीरको भाग जलेको छ । अस्पतालले उहाँलाई थप उपचारका लागि नेपालबाहिर लैजान सिफारीस गरेको छ । उहाँलाई मुम्बई लैजाने तयारी गरिएको छ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९ १२:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय