काठमाडौं, फागुन ४ । नेपाल कै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ ।
पोखरा उ.म.पा-१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको यही माघ एक गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा असामयिक निधन भएको थियो। बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति कोपिला घर्ती क्षेत्री (आमा) लाई एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।
आफ्नो जीवनकालमा स्व. संगीता शाहीले नेपाल लाइफ इन्स्योरेन्स क.लि बालाजु शाखा कार्यालयबाट २०७९ भदौ २९ गते ५० लाख रुपैयाँ बीमाङ्क भएको जीवन सहारा बिमा योजना लिनु भएको थियो । बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख र दुर्घटना मृत्यु दावी बापत ५० लाख रुपैयाँ गरी जम्मा एक करोड एक लाख रुपैयाँ इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।
२०७९ पौष मसान्त सम्ममा कम्पनीको लगानी एक खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ रहेको छ भने जीवन बीमा कोष एक खर्ब ५० अर्ब ८५ करोड रुपैयाँ रुपैयाँ र शेयरधनी कोष नौ अर्ब ५२ करोड भन्दा बढी रहेको छ ।
कम्पनीमा दुई लाख १२ हजार तीन सय ६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब एक सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म एक खर्ब ९७ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार चार सय २० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरू समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।