काठमाडौं, फागुन ४ । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से उच्च अङ्कले घटेको छ । नेप्से आज २१ दशमलव १५ अंकले घटेर दुई हजार ७० दशमलव ४१ अंकमा सीमित भएको छ ।
यसैगरी सेन्सिटिभ तीन दशमलव ७० अंकले घटेर तीन सय ९६ दशमलव ४४ अंकमा सीमित भएको छ । आज दुई सय ५६ वटा कम्पनीहरुको ३५ हजार ७९ पटकको कारोबारमा ४७ लाख ४७ हजार पाँच सय ६७ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सानिमा लार्ज क्याप फण्ड, इर्मर्जिङ नेपाल लिमिटेड, कालिका पावर कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने युनिलिभर नेपाल लिमिटेड, बाराही हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, अपि पावर लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।