दाङको तुलसीपुरमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा दुईजना घाइते
दाङ, फागुन ४ । दाङको तुलसीपुरमा खाना पकाउने एलपी ग्याँस सिलिण्डर बिस्फोट हुँदा दुईजना घाइते भएका छन् ।
बिहीबार बिहान पौने १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका-१६ लहलौरा निवासी ५० वर्षिय कुसुम केसीले संचालन गर्दै आएको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा ग्याँसको सिलिण्डर ‘लिक’ हुँदा दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कुसुमको कम्मरमुनिका भाग जलेको छ भने खनालको हात र खुट्टा जलेको छ ।
घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चातपछि थप उपचारका लागि केसीलाई बाँकेको नेपालगंज र खनाललाई भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९ १६:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय