काठमाडौं, फागुन ५ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गरिरहेको नेपालले राम्रो सुरुआत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपाललाई छैटौं सफलता मिलेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २५ ओभरमा ६ विकेट गुमाउँदै १ सय १३ रन बनाएको छ । नेपालका लागि सन्दीप लामिछानेले तीन, कुशल मल्लले दुई तथा कुशल भुर्तेलले एक विकेट लिएका छन् । ११.१ ओभरमा कुशल मल्लले नै नेपाललाई दोस्रो सफलता दिलाएका थिए । मल्लले क्रिटोफर म्याकब्रिडलाई २२ रनमा आउट गराए ।
नेपाली टोलीमा एक परिवर्तन भएको छ । नेपालको अघिल्लो खेलमा टिममा रहेका ललित नारायण राजवंशीको स्थानमा गुल्सन झाले स्थान बनाएका छन् । एकदिवसीय अन्तराष्ट्रियमा स्कटल्याण्डविरुद्ध नेपालले पहिलो पटक घरेलु भुमिमा खेल्न लागेको हो ।