Kath khabar
आईसिसी विश्वकप लिग-२ : स्कटल्याण्डमाथि नेपालको सानदार जित
Photo : CAN

 

                           काठमाडौं, फागुन ५ ।  नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको छ। 

काठमाडौंमा जारी आईसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई १८ बल बाँकी हुँदै ७ विकेट गुमाएर जित निकालेको हो। 

घरेलु मैदानमा पहिलो पटक स्कटल्याण्डविरुद्ध खेलेको नेपाललाई जित दिलाउन दिपेन्द्र सिंह ऐरीले ११६ बलमा ८५ रनसहित अविजित रहे । ऐरीले ८ चौका र १ छक्का प्रहार गरे ।

नेपालले बलिङको लागि चार जना स्पिनर प्रयोग गरेको थियो । सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए भने कुशल मल्लले २ विकेट लिए । 

ऐरीले ८ चौका र १ छक्का प्रहार गरे । यस्तै, कुशल मल्लले ६७ बलमा ८१ रन जोडे भने सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।

अब घरेलु टोली नेपालले भोलि शनिबार नामिबिया र मंगलबार स्कटल्याण्डसँग खेल्नेछ ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update