Kath Khabar
अमेरिकामा बन्यो म्युजिकल सर्ट फिल्म 'इन्डलेस'



                    काठमाडौं, फागुन ७ । एउटी युवती आफ्नो प्रेमीसँग छुटेर अमेरिकाको ओहायोबाट नेपाल आउँछिन् । काठमाडौंबाट पोखरा जाने क्रममा उनको यति एयरको जहान दुर्घटनामा निधन हुन्छ । उनीसँगै सो दुर्घटनामा ७२ जनाको ज्यान जान्छ । यो दृष्य समाचारमा हेर्दा उनका प्रेमीले आफूलाई सम्हाल्न सक्दैनन् ।

यसरी गत महिना ७२ जनाको ज्यान गएको विमान दुर्घट्नामा प्रेमिका गुमाएको विषयलाई छोटो चलचित्रको रुपमा उएटा गीतको भिडियोमा उतारिएको छ । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा यो भिडियो तयार गरिएको हो । इन्डलेस (ट्रु लभ नेभर डाइस्, अनन्त) नामक सर्ट फिल्म शैलीको (म्युजिक भिडियो) सेतो कुर्ता रातो सारी गीतमा बनाइएको छ । यसलाई ओएसआर डिजिटल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ ।

गीतको सुरुमा भिडियोमा प्रेमी प्रेमिकाको अथाह प्रेम देखाइएको छ । अन्त्यमा प्रेमिका नेपाल आउँदा जहाज दुर्घटनामा ७२ जना सहित उनको निधन भएको दुःखद घटनासँगै भिडियो सकिन्छ । प्रेमिकालाई गुमाउँदा पनि प्रेमीले उनलाई सम्झिरहेको दुष्य अन्त्यमा छ । सन्तोष सुनारको शब्द/संगीत रहेको यो गीतमा कोलम्बसकै गायक प्रविण दियालीको स्वर रहेको छ । यो गीति लघु चलचित्रलाई कोलम्बस र यसका बरिपरिका रेनोल्ड्बर्ग, पिक्रिन्टन, फ्यरपोर्ट हारबर ओहायोलगायतको स्थानमा छायांकन गरिएको छ ।

नेक्स्टजेन्स् प्रोडक्सनको प्रस्तुती रहेको यो गीति चलचित्रलाई गोविन घिमिरेले निर्देशन गरेका छन् । छायांकन र सम्पादन पनि घिमिरेकै रहेको छ । सेन्ट्रल ओहायोको पिक्रिन्टन शहरमा बस्दै आएका उनी छोटा फिल्म, म्युजिक भिडीयो बनाउदै आएका छन् । निर्देशक गोविनले यसबारे भने, ‘यहा बसेर पनि यस क्षेत्रमा केही गरौ भन्ने हुटहुटीले आफ्नो क्षेत्रबाट केही गर्ने कोसिस गरेका छौ, दर्शकहरुले कामको मुल्यांकन गरिदिनु हुनेछ ।’

यो गीति भिडियोमा बुन्नी शाह, लक्ष्मी बराइली, कमल अधिकारी, पवन ढकाल, लिला अधिकारी, पम्फा अधिकारीको अभिनय छ । यसको सह निर्देशन कमल अधिकारीले गरेका छन् । जसमा प्रभा सुवेदीको श्रृंगार तथा भेषभुषा छ ।

भिडियो लिंक
https://www.youtube.com/watch?v=iZLqilXK184

 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update