Kath Khabar
केदारको ‘गाजलु’ मा  वर्षा र रोशन बने रोमान्टिक


             काठमाडौं, फागुन ७ । गायक केदार बरुवाल क्षेत्री र गायिका रचना रिमालको स्वर रहेको ‘गाजलु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

’गाजलु’मा गायक केदारकै शब्द तथा संगीत छ। श्यामश्वेत रसाइलीको मिक्सिङ  तथा मास्टरिङ  रहेको गाजलुमा नायिका वर्षा राउत र मोडल रोशन केसीको अभिनय रहेको छ ।

भिडियोमा एक रोमान्टिक जोडीको सफल प्रेम कहानीलाई निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका म्याग्दीका गायक बरुवालले ‘गाजलु’ आफूले निकै नै आशा गरेको गीत भएका कारण दर्शक श्रोताले मन पराउनेमा विश्वस्त छन् ।

यसअघि गायक बरुवालले जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, मन छोडी, एक तर्फी, (तिमीलाई चाहेर- मेल भर्सन), आँखैमा गाजल, तिमी मेरी रानी, लगायतका गीत बजारमा ल्याइसकेका छन् । निर्देशक भट्टकै कोरियाग्राफी रहेको गाजलुको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने छायांकन मनप्रसाद  महर्जनले गरेका हुन् ।

भिडियो लिंक
https://youtu.be/qfywU7tMjRw


 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update