Kath khabar
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त



                      काठमाडौं, फागुन ७ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाएको छ ।  

बैंकको शनिबार बसेको बैंक सञ्चालक समिति बैठकले गुरुङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गुरुङले सोमबारबाट आफ्नो कार्यभार सुरु गर्ने बैंकले जानकारी दिएको छ । कृषि विकास बैंकमा प्रमुख कार्यकारी हुन्ुअघि गुरुङ म्यानमार सिटिजन्स बैंकको रुपमा कार्यरत रहेका थिए भने उनले लामो समय सिभिल बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

गुरुङ खुल्ला प्रतिस्पर्धीद्वारा कृषि विकास बैंकको प्रमुख कार्यकारीमा नियुक्त भएका हुन् । खुल्ला प्रतिस्पर्धामा प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, बद्री गुरागाँई र विष्णु देव यादव अन्तिम पाँचमा छनोट भएकोमा बैंक सञ्चालक समितिले शनिवार लिएको अन्तर्वार्तामा छनौटमा परेका मध्येबाट गुरुङ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

 

 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update