काठमाडौं, फागुन ८। भारतीय बुद्धिजीवी एसडी मुनीले नेपालको राष्ट्रपतिका लागि सम्भावित चारजना उम्मेदवारको नाम दिएका छन् ।
नेपाल मामिलाबारे विज्ञ मानिने एसडी मुनीले एक ट्विट गर्दै राष्ट्रपतिको उम्मेदवारमा साझा सहमति खोज्नु राम्रो हुने बताउँदै नेपालको राष्ट्रपतिमा सम्भावित चार जना उम्मेदवारको नाम लिएका छन् ।
उनले नेपालमा सर्वसम्मतीबाट नयाँ राष्ट्रपतिको माग जायज छ भन्दै देवेन्द्रराज पाण्डे, प्राध्यापक बराल (लोकराज), दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम सुझाएका छन् ।
Demand in Nepal for a consensual new President sounds valid. Non-partisan persons of impeccable integrity and political sensitivity like Davendra Raj Pandey, Prof Baral, Daman Dhungana, Anuradha Koirala deserve to be considered by the political class.
— SUKH DEO MUNI (@SDMUNI) February 20, 2023