काठमाडौं, फागुन ८ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा स्कटल्यान्डले नामिबियालाई जितका लागि २२२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २२१ रनको योगफल बनायो।
स्कटल्याण्डका लागि क्रिसटोफर म्याकब्राइडले सर्वाधिक ४७ रनको योगदान दिए भने टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ बनाए । त्यस्तै माइकल लिस्कले २९ रन बनाउँदा म्याथ्यु क्रसले १६ रन तथा क्रिस ग्रेभेसले १४ रन जोडे । मार्क वाटले १० रन बनाए।
नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान एक्लैले ५ विकेट लिए भने ट्याङ्गिनी लुङ्गिमिनीले २ विकेट लिए । त्यस्तै बेर्नार्ड स्कोल्ट्ज, बेन सिकोन्गो र पिक्की या फ्रान्सले समान १-१ विकेट झारे।