Kath khabar
विदेशमा खेल्न नपाउने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा सन्दीपको पुनरावेदन


               काठमाडौं, फागुन ८। सर्वोच्च अदालतले विदेशमा खेल्न नपाउने फैसला विरुद्ध पुनरावेदन लागि क्रिकेटर सन्दीप लामिछाने सर्वोच्च अदालत गएका छन् ।  यसअघि उच्च अदालतले राष्ट्रिय टिमबाट विदेशमा खेल्न नपाउने फैसला गरेपछि उनी पुनरावेदनका लागि सर्वोच्च गएका हुन् । अदालत स्रोतका अनुसार सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गतेलाई पेसी तोकिएको छ ।

यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई जेलमै राखेर पुर्पक्ष गर्ने दिएको आदेश विरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोडेको थियो । तर उनलाई विदेश गएर खेल्न अदालतले रोक लगाएको छ । यसविरुद्ध सन्दीपले एक साताअघि सर्वोच्चमा पुनरावेदन गरेका हुन् ।

अदालतले विदेश जान रोक लगाएकाले आगामी १३ गते पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न दुबई जाने नेपाली टिममा सन्दीप जान पाउने छैनन् । तर यदि सर्वोच्चको पेसीले उक्त रोक फुकुवा गरिदिएको खण्डमा भने सन्दीप यूएई जान पाउनेछन् । हाल घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update