Kath khabar
२३ अंकले घट्यो नेप्से



                         काठमाडौं, फागुन ८ । नेप्से उच्च अंकले घटेको छ । नेप्से आज सोमबार २३ दशमलव ६० अंकले घटेर दुई हजार ४६ दशमलव ८१ अंकमा झरेकोमा छ भने सेन्सिटिभ चार दशमलव ९१ प्रतिशतले घटेर तीन सय ९१ दशमलव ५४ अंकमा झरेको छ ।

आज दुई सय ५८ वटा कम्पनीहरूको ३८ हजार चार सय १५ पटकको कारोबारमा ६० लाख ९१ हजार तीन सय ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ९४ करोड ७६ लाख २३ हजार नौ सय ९३ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा सामूहिक लगानी कोष ट्रेडिङ समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त र अन्य सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन प्रालि, सानिमा बैंक, नागरिक लगानी कोष आदिको शेयर मूल्य बढेका छन् भने जीवन विकास लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी प्रालि, बाराही हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेड, जीवन बिकास लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।


 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update