Kath khabar
आइसिसी विश्वकप लिग २ - नेपाललाई पाँचौं सफलता
Photo : CAN

 

                           काठमाडौं, फागुन ९। टियू क्रिकेट मैदानमा आज जारी आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत खेलमा स्कटल्यान्डविरुद्ध नेपाललाई पाँचौं सफलता मिलेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले चार र कुशल मल्लले एक विकेट लिएका हुन् । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ९ ओभरमा १ विकेट गुमाउँदै ४५ रन बनाएको छ।

आज ३० औं जन्मदिन मनाईरहेका स्कटल्यान्डका बायाँ हाते ओपनर जर्ज मुन्शेले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध आक्रामक अर्धशतक प्रहार गर्दै आउट भएका छन् ।

पहिलो खेलमा नामिबियालाई १० विकेटले हराउँदै तीन खेल अगावै च्याम्पियन बनेको थियो । तीन खेल बाँकी रहदै लिग २ को च्याम्पियन बनेको स्कटल्याण्डले नेपालसँगको खेलपछि पाउनेछ टियु मैदानमै ट्रफि पाउनेछ ।

शुक्रबारको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध दुई खेल नै जितेको थियो । २०१९ देखि सुरु विश्वकप लिग टूमा स्कटल्याण्डको यो अन्तिम खेल हो ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update