Kath khabar
टर्कीमा ३ मिनेटको अन्तरालमा फेरि २ शक्तिशाली भूकम्प 

 

                       टर्की, फागुन ९ ।  टर्कीमा सोमबार फेरि भूकम्प गएको छ । पछिल्लो भूकम्पमा ३ जनाको मृत्यु भएको छ भने ६८० भन्दा बढी घाइते भएका छन् । सिरियासंग सिमा जोडिएको क्षेत्रमा सोमबार राति ६.४ र ५.८ म्यग्नीच्युडको भूकम्प गएको हो।  

टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८:४४ बजे ६.४ म्यग्नीच्युडको र त्यसको ३ मिनेट पछि ५.८ म्यग्नीच्युडको भूकम्प गएको जनाएको छ।                                   

यसअघि गत फेब्रुअरी ६ मा गएको भूकम्पमा ४४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । राहत कार्यकर्ताहरू अझै पनि स्थिति सामान्यमा ल्याउन प्रयासरत छन्।

यो भूकम्प पछि दर्जनौं पटक ‘आफ्टर शक’ को धक्का महसुस गरिएको थियो ।  सोमबारको भूकम्पमा परी मृत्यु हुनेहरु अन्टाक्या, दाफ्ने र समन्दगीका बासिन्दा थिए । सरकारले जोखिमयुक्त भवनबाट बाहिर निस्कन सर्वसाधारणलाई अपिल गरेको छ ।

अन्टाक्याका मेयरले यस भूकम्पका कारण अझै केही व्यक्ति भग्नावशेषमा फसेको हुनसक्ने बताए । समाचार एजेन्सी रोयटर्सले यस भर्खरको भूकम्प पीडित केही व्यक्तिहरूसँग कुरा गरेको छ। मुना अल उमरले भनिन्, “मेरो खुट्टामुनि जमिन खसेको जस्तो लाग्यो।”

टर्की प्रशासनले फेब्रुअरी ६ मा गएको शक्तिशाली भूकम्प पछि ६ हजार पराकम्पन महसुस गरेको जनाएको छ । टर्कीमा रहेको बीबीसी टोलीले सोमबार महसुस गरेको भुकम्प यसअघि आएको हल्का भुकम्प भन्दा धेरै शक्तिशाली भएको बताएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update