आइसिसी विश्वकप क्रिकेट लिग-२
स्कटल्याण्डले दियो नेपाललाई २१३ रनको लक्ष्य
काठमाडौं, फागुन ९ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई २ सय १३ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै २ सय १२ रन जोडेको छ। नेपालका लागि स्पिनर सन्दीप लामिछाने एक्लैले ४ विकेट लिएका छन् भने करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १/१ विकेट लिए ।
स्कटल्यान्डका लागि कायल कोट्जर २२ रन जोड्दाँ जर्ज मुन्सेले ६० रन जोडे । क्रिस्टोफर म्याकब्रिजले २२ रन जोडे। पहिलो विकेटका लागि ओपनर कोट्जर र जर्ज मुन्सेले ४२ रनको साझेदारी गरेका थिए।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९ १२:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय