काठमाडौं, फागुन ९ । प्रसिद्ध कलाकार, बलबाहु र आनिक जस्ता उपनामले चिनिने अरनिको नेपालका राष्ट्रिय विभूति हुन् । वि.सं. १३०० सालमा पाटनमा जन्मिएका अरनिको प्यागोडा शैलिको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् । उनले राजा अभय मल्लको समयमा चीनमा गएर आफ्नो वास्तुकला देखाएका थिए । आफ्नो सीप र मूर्तिकलाको विकासले गर्दा नेपाली कलाले चीनमा कलाको जग बसाल्न सक्यो ।
अरनिकोको घरको स्थिति आर्थिक रूपमा सम्पन्न नभएकोले उनी पाठशालामा गएर धेरै पढ्न पाएनन् । कम पढेको भएता पनि उनी धेरै बुद्धिमान र मिहिनेती थिए । अरनिकोले आफ्नो साथीको सहयोगबाट ठूला कलाकार बन्ने मौका पाए । उनका एक अति आत्मीय साथी थिए । जसले मूर्ति बनाउथेँ । अरनिको धेरैजसो साथी कहाँ नै बस्दथे । उनी साथीले पढेको सुनेर बसिरहन्थे । आफूले नजानेको र नबुझेको कुरा साथीसँग सोध्थे। अरनिकोले ज्यादै ध्यान र मेहनत लगाएर मूर्ति बनाउँथे । यस्तै गरी बिस्तारैबिस्तारै अरनिकोले राम्राराम्रा मूर्ति बनाउँन सिक्दै गए । उनले बनाएको मूर्ति धेरै राम्रा हुने भएकोले उनले बनाएको मूर्तिको सबैले तारिफ गर्न थाले । मूर्तिकार अरनिकोले आफ्नो नाम बहुचर्चित बनाए । मूर्तिकारको सीपबाट नेपालका तत्कालीन समयका राजा पनि परिचित भए । फलतःः राजाले अरनिकोको तारिफ गर्न थाले र उनीसित धेरै खुसी भए ।
चीनको राजा कुब्ला खांले एउटा मन्दिर बनाउनको लागि राम्रा-राम्रा मूर्तिकारहरू मूर्ति बनाउन जान्ने व्यक्ति० को खोजीमा थिए । त्यतिबेला चीनमा मूर्ति बनाउन सक्ने राम्रा मूर्तिकारहरू अभाव थिए । चीनको राजाले छिमेकी देश नेपालबाट मूर्तिकारहरू झिकाउन नेपालका राजालाई चिट्ठी लेखी पठाए । चीनबाट राजाका आफ्नै मानिस चिट्ठी लिएर नेपाल आए । उक्त चिट्ठीमा नेपाली मूर्तिकारहरूलाई पठाई सहयोग गर्न अनुरोध गरिएको थियो । त्यस बखत नेपालका राजाले नेपाली कलाकारहरूलाई चीन पठाउन मञ्जुर गरे ।
अरनिकोका तीनवटा काम र कुराबाट चीनका राजा बढी प्रभावित र खुसी भएका थिए । चीनका राजासँग एउटा ढलोटको मूर्ति थियो । त्यो मूर्ति धेरै राम्रो थियो । तर भाँचिएको थियो । त्यो मूर्तिलाई चीनमा कसैले पनि जोड्न सकेको थिएन । चीनका राजाले ढलोटको मूर्ति जोड्न अरनिकोलाई दिए । अरनिकोले त्यो मूर्तिलाई सजिलैसित जोडिदिए । अर्कातिर राजाले अरनिकोलाई आफ्नो नजिक राखेर कुरा गर्दा अरनिको धक नमानी जवाफ दिएकोले त्यो देखेर बादशाहले ”तिमी एक कलाकार भएर पनि म चीनको राजासँग कत्ति पनि नहडबडाउनुको कारण के हो रु१“ भनेर अरनिकोलाई सोधे ।
त्यस बेलाको नेपालको राजा जय भीमदेव थिए । राजा जय भीमदेवले नेपालबाट ८० (असी) जवान कलाकारहरू चीनमा पठाए । उक्त ८० जना ग्रुपको कलाकारहरूको 'नाइके' अरनिको थिए । त्यसबेला अरनिको १७ वर्षका मात्र थिए। चीन गएका ८० जवानमा मूर्तिकारहरू र सिकर्मीहरू थिए । ती कलाकारहरू तिब्बतको राजधानी ल्हासामा गए। अरनिको र उनका साथीहरूले त्यहाँ एक बौद्ध चैत्य बनाए । त्यो बौद्ध चैत्य धेरै राम्रो भयो । त्यो चैत्यको प्रतिष्ठा गरियो । उक्त प्रतिष्ठामा देश विदेशका मानिसहरूलाई निमन्त्रणा गरिएका थिए । चीनबाट आफ्ना धर्मगुरुहरू पनि आएका थिए । नेपाली कलाकारहरूले बनाएको सोही बौद्ध चैत्यको ठूलो प्रशंसा गरियो । राजा तथा धर्मगुरु चीन फर्के । त्यहाँ उनीहरूले नेपाली कलाकारहरूको ठूलो प्रशंसा गरे ।
चीनको राजाले नेपाली (मूर्तिकार)हरूलाई आफ्नो दरबारमा बोलाए । अरनिको चीनमा गए । अरनिकोलाई देखेर चीनका राजा धेरै खुसी भए । अरनिकोका तीनवटा काम र कुराबाट चीनका राजा बढी प्रभावित र खुसी भएका थिए । चीनका राजासँग एउटा ढलोटको मूर्ति थियो । त्यो मूर्ति धेरै राम्रो थियो । तर भाँचिएको थियो । त्यो मूर्तिलाई चीनमा कसैले पनि जोड्न सकेको थिएन । चीनका राजाले ढलोटको मूर्ति जोड्न अरनिकोलाई दिए । अरनिकोले त्यो मूर्तिलाई सजिलैसित जोडिदिए। अर्कातिर राजाले अरनिकोलाई आफ्नो नजिक राखेर कुरा गर्दा अरनिको धक नमानी जवाफ दिएकोले त्यो देखेर बादशाहले "तिमी एक कलाकार भएर पनि म चीनको राजासँग कत्ति पनि नहडबडाउनुको कारण के हो ?" भनेर अरनिकोलाई सोधे । अरनिकोले राजासित प्रजा डराउने बानी हामीकहाँ छैन । हाम्रो निम्ति राजा त पिता जस्तै हुन्छ भन्ने जवाफ दिए । यसरी अरनिकोले नेपालका राजा र प्रजाहरूसँग नजिकको सम्बन्ध भएको देखाए । यस्तो कुराबाट चीनका राजा अरनिकोसँग प्रभावित भए ।
चीनका राजाले एउटा चित्र प्रतियोगिता पनि गराए । त्यस प्रतियोगितामा धेरै कलाकारहरूले भाग लिएका थिए । अरनिको पनि त्यस प्रतियोगितामा भाग लिएका थिए । अरनिकोले त्यो प्रतियोगितामा हात्तिको एक चित्र बनाएका थिए । त्यो चित्रको सबै चिनीयाँहरूले ठूलो तारिफ गरे । त्यो चित्र ज्यादै सुन्दर भएको र धक नमानी जवाफ दिनाले अरनिको उक्त प्रतियोगितामा प्रथम घोषित भए। चित्र प्रतियोगितामा सहभागि भई त्यसमा प्रथम हुने सफलता प्राप्त गरेको कारणले चीनका राजा धेरै खुसी भए । त्यसकारण चीनमा राजाले अरनिकोलाई चीनका मूर्तिकारहरूको ”नाइके“ बनाएर राखे ।
चीनका राजाले अरनिकोलाई धेरै मायाँ गर्दथे । फलतःः चीनका राजाले अरनिकोलाई इज्जतसाथ राख्ने प्रबन्ध मिलाए । आज वि. सं. २०७९ सालको अवधिसम्म पनि अरनिकोको नाम सुनाउँदा चीनका मानिसहरूले उनको नामलाई इज्जत गर्दछन् । चीनमा अरनिकोले बनाएका मूर्तिहरू धेरै छन् । उनको कलाको चीनमा ठूलो प्रभाव परेको देखिन्छ । त्यसैले चीनियाँ प्यागोडा शैलीका कलाहरू धेरै कुरामा मिल्दाजुल्दा हुन्छन् । यसको मुख्य कारण यो हो कि अरनिकोले चीनमा गएर आफ्नो सीप र मूर्तिकलाको विकास गरे । नेपालको प्राचीन प्यागोडाशैली चीनमा प्रख्यात भएका छन् ।
उनले प्रर्दशन गरेको अद्धितीय सिप कला र स्वाभिमानको कारणले गर्दा नेपाललाई चीनका मानिसहरूले मूर्तिकलाको देश भनी चिन्दछन् । यसरी नेपाली कलालाई चीन लगायत विश्व समुदायमा परिचित र प्रशंसनीय बनाउने अरनिको नेपालका एक महान विभूति हुन् । उनीलाई नेपाल सरकारले पाचौंं विभूतिको दर्जामा सम्मानित गरेको छ । उनको नाम इतिहासमा अमर छ र सुनौंला अक्षरले लेखिएको छ ।
अरनिकोले कलाको शिलशिलामा चीन यात्रा गरेपछि नेपाल फर्किन सकेनन् । उनी आफ्नो जन्मभूमी फर्कन चाहन्थे । आफू जन्मेको ठाउँ उसलाई धेरै प्यारो लाग्थ्यो । तर चीनको राजाले अरनिकोलाई चीनमै राख्न चाहे । उनलाई आफ्नो देश नेपाल फर्कन सहमति दिएनन् । अरनिकोले पनि चीनको राजाको चित्त दुखाउन चाहेनन्। चीनको राजाले अरनिकोलाई ठूलो दर्जा (पदवी) दिए । धेरै सम्मान दिएर उनको स्वागत गरे । तत्कालिन चीन सरकारले कलाकार अरनिकोलाई "क्यानल्य लाइफ" र "नाशथु" उपाधि दिएको थियो भने "ल्याङकोकुङ" र "साङनु" नामक दर्जा प्रदान गरिएको थियो । यसबाट नेपालको इज्जत र प्रतिष्ठामा पनि वृद्धि भयो । निश्चय नै यो इज्जत र प्रतिष्ठा अरनिकोको मात्र नभई सिङ्गो नेपालको इज्जत र प्रतिष्ठा थियो ।
अरनिकोले चीनमा नेपाली सीप र कलाको प्रचार गरी नेपालको इज्जत र प्रतिष्ठा बढाए । तसर्थ, उनको नाम इतिहासमा अमर छ । त्यसैले अरनिको हाम्रा एक महान विभूति हुन् । उनले चीन र नेपालको सम्बन्ध घनिष्ठ बनाउन ज्यादै ठूलो मद्धत पुर्याए । उनको सीप कुशलताको कारणले नेपालको कला विदेशमा परिचित गराउन समेत ठूलो सफलता भएको प्रमाणित गरियो ।
चीनमा अरनिको बसेपनि उनले आफू नेपाली भएकोले सधैं नेपालको भलो चाहन्थे । अरनिकोको नाम चीनमा खूब प्रख्यात र प्रसिद्ध भयो । विदेशमा बसे पनि नेपालीहरू आफ्नो देश नेपाल प्रति भलो चाहन्छन् । यो हामी नेपालीको विशेष गुण हो । नेपालीहरूको आफ्नो देशप्रति ठूलो प्रेम छ, माया छ । नेपालीहरू विदेशीको गुलाम भएर कहिल्यै पनि रहेनन् ।
उनको व्यवहार, सीप, कलाको हामी नेपालीहरूले जति गुणगान गरेपनि कमी नै हुन्छ । उनी आज वि.सं. २०७९ सालसम्म गणना गर्दा करीब ७७९ वर्षको अवधिमा पनि उनको कृति, कला र सिपको प्रतिष्ठा उत्तिकै भएको पाइन्छ र उनको कलाको प्रसिद्ध र प्रख्यात उत्तिकै भएको छ ।
अरनिको एक कलाको बहुप्रतिभा नेपाली व्यक्तित्व र सुप्रसिद्ध मूर्तिकलाकार हुन् । हामी उनको कला र गुणको प्रशंसा गर्दछौं । हामी उनको ऋृणी छौं । उनले प्रर्दशन गरेको अद्धितीय सिप कला र स्वाभिमानको कारणले गर्दा नेपाललाई चीनका मानिसहरूले मूर्तिकलाको देश भनी चिन्दछन् । यसरी नेपाली कलालाई चीन लगायत विश्व समुदायमा परिचित र प्रशंसनीय बनाउने अरनिको नेपालका एक महान विभूति हुन् । उनीलाई नेपाल सरकारले पाचौंं विभूतिको दर्जामा सम्मानित गरेको छ । उनको नाम इतिहासमा अमर छ र सुनौंला अक्षरले लेखिएको छ ।
अरनिको एक प्रतिभायुक्त, मूर्तिकार, कलाकार हुन् उनले नेपालमा जन्मेर चीनमा गएर पनि आफ्नो जीवनभर नेपालप्रति मायाँ, ममता र नेपाल प्रतिको श्रद्धामा कुनै कमी गरेनन् । उनको व्यवहार, सीप, कलाको हामी नेपालीहरूले जति गुणगान गरेपनि कमी नै हुन्छ । उनी आज वि.सं. २०७९ सालसम्म गणना गर्दा करीब ७७९ वर्षको अवधिमा पनि उनको कृति, कला र सिपको प्रतिष्ठा उत्तिकै भएको पाइन्छ र उनको कलाको प्रसिद्ध र प्रख्यात उत्तिकै भएको छ ।
त्यसैले उनलाई हामी सधैं सम्झन्छौं र स्मरण गरिरहन्छौं । अरनिकोको नामबाट नेपालको काठमाडौं र तिब्बत (चीन) जोड्ने कोदारी राजमार्ग (अरनिको राजमार्ग) चीन सरकारबाट अग्रणी सहयोग प्राप्त भई निर्माण भएको छ र दैनिक सञ्चालनमा रहेको छ ।