आईसीसी विश्वकप लिग-२
आईसीसी विश्वकप लिग-२ : नेपाल चौथौ खेलमा पनि विजयी, स्कटल्यान्ड फेरि पराजित
नेपालले शृङ्खलाका चारवटै खेल जितेको यो पहिलो पटक हो, अब नेपालको २८ खेलबाट २६ अङ्क भएको छ
काठमाडौं, फागुन ९। रोहित पौडेलको धैर्यपूर्ण ब्याटिङ र सन्दीप लामिछानेको चोटिलो बलिङको सहयोगमा नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ।
मङ्गलवार भएको खेलमा स्कटल्यान्डले पहिला ब्याटिङ गर्दै २१२ रन बनायो। यो परिणामसँगै नेपालले त्रिकोणात्मक खेलका सबै ४ खेल जितेको छ। नेपालले शृङ्खलाका चारवटै खेल जितेको यो पहिलो पटक हो।
अब नेपालको २८ खेलबाट २६ अङ्क भएको छ। लीग-२ को अङ्क तालिकामा यूएई पाँचौँ स्थानमा छ। उसको २६ खेलबाट २७ अङ्क छ।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९ १६:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय