मोरङ, फागुन १० । मोरङको बिराटनगर महानगरपालिका-१९ कि २८ बर्षीया प्रियका सुनारको हत्यामा संलग्न रहेको आशंकामा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई हिजो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-५ का ३५ बर्षीय उमेश सरदार, ६२ बर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका-७ का ५३ बर्षीय श्रीराम चौधरी र प्रियका सुनारको श्रीमान २९ बर्षीय रमेश साह रहेका मोरङ प्रहरी प्रबक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।
सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका-२ का नरसिंह चौधरीको ग्वाली घरमा प्लास्टिकको बोरामा लाश फेला थियो । निधन भएकी महिलाको घाटीमा चोट रहेको प्रहरीले जनाएको थियो ।
घटनास्थमाबाट प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आशंकामा ४ जनालाई पक्राउ गरिएको कार्कीले बताए । पक्राउ परेका उनिहरुको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।