Kath khabar
बाजुरा केन्द्रविन्दू भएर सुदूरपश्चिम नेपालमा भूकम्प

 

                     बाजुरा, फागुन १० ।  सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बाजुरा केन्द्रविन्दू भएर भूकम्प गएको हो ।

आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन्।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update