काठमाडौं, फागुन १० । नेप्से उच्च अंकले बढेको छ । आज बुधबार नेप्से ३३ दशमलव ५७ अंकले बढेर दुई हजार ८० दशमलव ३८ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी पनि सेन्सिटिभ चार दशमलव ८० अंकले बढेर तीन सय ९६ दशमलव ३३ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ६९ वटा कम्पनीहरुको ३९ हजार नौ सय ९६ पटकको कारोबारमा ४७ लाख ७९ हजार सात सय ९६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ८० करोड ३२ लाख ८२ हजार एक सय ८० रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा लघुवित्त, सामूहिक लगानी कोष र ट्रेडिङ समुहहरूको सूचक घटेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक र अन्य समुहको सूचक बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज लिबर्टी इनर्जी कम्पनी, छ्याङदी हाइड्रो पावर कम्पनी, दोर्दी खोला हाइड्रो पावर कम्पनी, पिपुल्स पावर लिमिटेड, ग्रीन लाइफ हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने आर्दश लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, जीवन विकास लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई बैंक आदि परेका छन् ।