Kath khabar
नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन फुटको सङ्घारमा 

 

                   काठमाडौं, फागुन ११ ।  राष्ट्रपति चुनावको विषयसँगै नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । राजनीतिक परिस्थितिमा ठूलो बदलाव नआएमा कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन ब्यूँताउन भइरहेको प्रयासले बिहीबार साँझसम्म ठोस आकार लिने भएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवादले पुस १० मा ५ दलीय गठबन्धन टुटेको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएपछि नयाँ गठबन्धन बन्यो, जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि सहभागी भए ।

तर २ महिनामै यो गठबन्धन भत्किएर ५ दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बन्दै गएको छ । यद्यपि अझै पनि सत्ता गठबन्धन जोगाउन प्रयास भइरहेको एमाले नेताहरु बताउँछन् । बुधबार विहान प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा पनि एमाले अध्यक्ष ओलीले माधव कुमार नेपाललाई राष्ट्रपति बनाएर गठबन्धन जोगाउने प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update