Kath khabar
नेप्सेमा एकै दिन ५७ अंकको पहिरो, सबै सूचक रातै


                          काठमाडौं, फागुन ११ । नेप्से उच्च अंकले घटेको छ । आज बिहीबार नेप्से ५७ दशमलव ७४ अंकले घटेर दुई हजार २२ दशमलव ६४ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटभ पनि ११ दशमलव ९८ अंकले घटेर तीन सय ८४ दशमलव ३६ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय ६० वटा कम्पनीहरूको ४८ हजार एक सय पाँच पटकको कारोबारमा ६३ लाख २६ हजार एक सय पाँच कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ५२ करोड २७ लाख १३ हजार एक सय ५३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष अन्य र ट्रेडिङ लगायतका सबै समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नेपाल हाइड्रो डेभलपर लिमिटेड, प्रभु बैंकको ऋणपत्र आदिको शेयर मूल्य बढेका छन् भने छिमेक लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने छिमेक लघुवित्त वित्तीय संस्था जीवन विकास लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update