काठमाडौं, फागुन १२ । हिमालयन बैंक र सिभिल बैंकले एकीकृत कारोबार सुरु गरेको छ । हिमालयले सिभिल बैंकलाई प्राप्ति गरी आज शुक्रबारबाट हिमालयन बैंक लिमिटेडकै नाउँबाट एकीकृत कारोबार सुरु गरेको हो ।
सो अनुसार हिमालयन बैंकको जारी तथा चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अधिकृत पुँजी २६ अर्ब रुपैयाँ पुगेको बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल निक्षेप दुई खर्ब ७४ अर्ब रुपैयाँ पुगेको बैंकको कुल कर्जा रकम दुई खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । एकीकृत कारोबार पश्चात बैंकको कूल सम्पत्ति भने तीन खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ ।
यसैगरी कुल शाखा संख्या एक सय ८९ वटा पुगेको बैंकको कुल एटिएम काउन्टरको संख्या दुई सय ६३ वटा पुगेको छ । कुल कर्मचारी संख्या १९ सय ७० भन्दा बढी पुगेको बैंकको एक्सटेन्सन काउन्टरको सख्या भने २० पुगेको छ । शसक्त बैंकिङ वित्तीय सुदृढता भन्ने मूल नारासहित बैंकले एकीकृत कारोबार सुरु गरेको हो ।
एकीकृत कारोबारको लागि हिमालयनको १०० कित्ता बराबर सिभिल बैंकको ८०.२८ कित्ता सेयर हुने गरी स्वाप रेसियो कायम भएको थियो । एकीकृत कारोबार पश्चात बनेको हिमालयन बैंकको अध्यक्ष पदमा प्रचण्ड बहादुर श्रेष्ठ रहेका छन् भन् प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमशेर जबरा रहेका छन् ।