राजनीति
प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटारमा
ओली र प्रधानमन्त्री प्रचण्डबीच भावी राष्ट्रपति र एमाले सहितको गठबन्धन जोगाउने विषयमा छलफल भएको छ
काठमाडौं, फागुन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार दिउँसो पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच भावी राष्ट्रपति र एमाले सहितको गठबन्धन जोगाउने विषयमा छलफल भएको छ ।
पूर्ववत् सहमति अनुसार राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सघाउन ओलीले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १५:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय