काठमाडौं, जेठ २५ । गत माघ महिनासम्म महामारीका कारण आयातमा आएको कमिका कारण व्यापार घाटा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा शुन्य दशमलव छ छ प्रतिशतले कमि आएको देखिएको थियो । तर, पछिल्लो समय बढ्दै गएको आयातका कारण वैशाख महिनामा आउँदा ब्यापार घाटा पुन बढ्न पुगेको छ ।
भन्सार विभागका अनुसार गत वर्षको तुलनामा वैशाखसम्म व्यापार घाटा २३ प्रतिशतले बढेको छ । गत वर्षको वैशाखसम्म ९ खर्ब रहेको यस्तो घाटा अहिले ११ खर्ब १४ अर्ब पुगेको छ ।
वैशाख देखि सुरु भएको महामारीका कारण आयातमा पुन केहि कमि आएको छ फागुनमा एक खर्ब ४० अर्ब रुपैयाँ वस्तु आयात भएको थियो । तर चैतमा यस्तो आयात एक खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । तर, वैशाखमा आयात घटेर एक खर्ब ४२ अर्बमा सीमित भयो ।
मुलुकको वैदेशिक व्यापारमा आयात चुलिँदै गइरहेको मासिक आयात फेरी घट्न थालेको भन्सार विभागले जनाएको छ । भन्सार विभागको वैशाखसम्मको तथ्यांकले आयात घट्न थालेको संकेत दिएको हो ।
महामारीपछि खुलेको बजारका कारण बिस्तारै उकालो लागेको आयात फेरी महाारीको दोस्रो लहरसँगै खुम्चीन पुगेको देखिन्छ । निषेधाज्ञाका कारण उपभोगमा कमि आएसँगै यसले सगम्र आयातमा पनि कमि ल्याएको हो ।
वैशाख महिनामा मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेसँगै अत्यावश्यकबाहेक अन्य सामग्रीको बजार ठप्प भएपछि माग घटेको भन्सार विभागका अधिकारीहरु बताउँछन् ।
आयातमा कमि आएपनि निर्यात बृद्धि गर्न सकिएको छैन । निर्यात पनि प्रभावित भएसँगै ब्यापार घाटाको आकार ठूलो भएको देखिएको छ । वैशाख महिनासम्म १ खर्बको निर्यात भएको छ ।
गत वर्षको सोहि समयमा भने यस्तो निर्यात ८२ अर्ब रहेको थियो । निर्यातमा ३२ दशमलव एक नौ प्रतिशतले बढेको छ। तर यद्यपि चैतको तुलनामा बैशाख महिनामा निर्यातमा भने केहि संकुचन आएको देखिन्छ ।
चैतमा निर्यात बढेर १३ अर्ब ९८ करोड ८२ लाख रुपैयाँसम्म पुगेको थियो । वैशाखमा निर्यात घटेर १३ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ । सरकारले उत्पादन बृद्धि गर्ने भन्ने कुरा बजेटमा ल्याएपनि खासमा त्यो प्रभावकारी हुन सकेको छैन ।
युवा जनशक्ति खाडीमा छ । र त्यहाँबाट आएको रेमिट्यान्सले यहाँ उपभोग बढाएको छ । श्रम गर्ने शक्ति बिदेशमा रहेका कारण जग्गा बाझोमा परिणत भएका छन् ।
नेपालमै उत्पादन गर्न सकिने चना, केराउजस्ता गेडागुडी जस्ता खाद्य पदार्थसमेत बाहिरबाटै आयात भएका छन् । जसका कारण ब्यापार घाटा कम गर्ने सरकारको नीति सफल हुन सकेको छैन ।