Kath khabar
वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

                   काठमाडौं, फागुन १३ । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। वैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रामचन्द्रलाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए।

पौडेलले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् । ८ दलीय नयाँ गठबन्धनले राष्ट्रपतिमा कांग्रेसलाई दिने सहमति गरेको थियो ।

आठदलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बन्न लागेका कांग्रेस नेता रामचन्द्र पौडेलले दिउँसो २ बजेपछि उम्मेदवारी मनोनयन दर्ता गराउने भएका छन् । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज फागुन १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update