सन्दीपको मुद्धाको सुनुवाई न्यायाधीद्वय सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासमा
काठमाडौं, फागुन १४ । क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट खेल्न दुबई जान पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको निवेदनको पेसी न्यायाधीद्वय सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासमा परेको छ।
यसअघि शुक्रबार भएको प्रारम्भिक सुनुवाइमा निवेदनमा माग गरिए बमोजिम अन्तरिम आदेश नगरी आइतबार पुनः सुनुवाइ हुने गरी सर्वोच्च अदालतले आदेश दिएको थियो । लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । लामिछानेले भने विदेशमा खेल्न जान दिनुपर्ने माग राखी रिट दायर गरेका थिए ।
आजको सुनुवाइमा लामिछानेका विषयमा सरकारी र लामिछानेको निवेदन एकै साथ पेस गर्न भनिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९ ११:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय