राजनीति
परराष्ट्रमन्त्री विमला राई पौड्याल आइतबार जेनेभा जाँदै
पत्रकार सम्मेलनमा मन्त्री पौडेलले भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई 'क' श्रेणीमै कायम राख्न पहल गर्ने बताइन्
काठमाडौं, फागुन १४ । परराष्ट्रमन्त्री विमला राई पौड्याल आइतबार जेनेभा जाँदैछिन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनी संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेको जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा मन्त्री पौडेलले भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई 'क' श्रेणीमै कायम राख्न पहल गर्ने बताइन् । साथै बैठकमा मन्त्री पौड्यालले द्विपक्षीय भेटवार्ताहरु पनि गर्ने कार्यक्रम रहेको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
मन्त्री पौड्याल जेनेभाबाट अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुन दोहा आउने कार्यक्रम छ ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९ १४:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय