काठमाडौं, फागुन १४ । आइएमई पे ले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सुविधा अन्तर्गत अवदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरि आइएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ ।
यो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक लिंक गरे वापत एक सय र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्याकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । टपअपको भुक्तानीमा पाँच प्रतिशत क्यासब्याक, क्यूआर भुक्तानी एवम् क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा दुई सय ५० देखि सात सय सम्मको क्यासब्याक बैंक लिंक गरी कारोबार गर्दा प्राप्त हुनेछ ।
थपिएको यस सेवाले बैंक प्रयोगकर्ताहरूलाई लिंक बैंकबाट नै सजिलोसँग भुक्तान गर्न मिल्ने विशेषता प्रदान गर्दछ भने ठूलो रकमको भुक्तानीमा पनि सिधैं पे विथ लिंक बैंक छनोट गरि भुक्तान गर्न सकिन्छ ।
आइएमई पेको बारेमाः
‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन् । यसले व्यक्ति-व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी, विद्युत तथा खानेपानीको महशुल भुक्तानी, लोकसेवा परीक्षार्थीहरूले बुझाउन पर्ने आवेदन दस्तुर, राहदानी दस्तुर भुक्तानी, आन्तरिक राजस्व विभाग तथा कार्यालयहरूको कर तथा राजस्व भुक्तानी, स्थानीय सरकार अन्तर्गतका नगर तथा वडा कार्यालयहरूलाई बुझाउन पर्ने राजस्व, कर तथा दस्तुर भुक्तानी, ट्राफिक जरिवाना लगायत स्कुल तथा कलेजको शैक्षिक शुल्क, इन्टरनेट सेवा, हवाई यातायात, केबलकार, बिमा, इएमआई, पुँजीबजार आदि विभिन्न क्षेत्रहरूमा अनलाइन भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण नेपाली जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।