काठमाडौं, फागुन १४ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से बढेको छ । नेप्से आज चार दशमलव ५५ अंकले बढेर दुई हजार २७ दशमलव १९ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव २८ अंकले घटेर तीन सय ८४ दशमलव आठ अंकमा सीमित भएको छ ।
आज दुई सय ६२ वटा कम्पनीहरुको ५० हजार पाँच सय ३२ पटकको कारोबारमा ६५ लाख १५ हजार आठ सय ५२ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ५२ करोड ५० लाख ७१ हजार आठ सय छ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक, जीवन बीमा, उत्पादकमूलक, सामूहिक लगानी कोष र ट्रेडिङ सहितका पाँच वटा समुहहरूको सूचक घटेका छन् भने विकास बैंक, फाइनान्स जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्य समुहको सूचक पनि बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज विजय लघुवित्त वित्तीय संस्था, आरएमडिसी लघुवित्त वित्तीय संस्था, सिद्धार्थ लगानी वृद्धि योजना, बोटलर्स नेपाल तराई लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा सिटिजन्स म्युचुअल फण्ड–१, मानुषी लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था, आर्दश लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, जीवन विकास लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।