Kath khabar
८ दलीय गठबन्धनको मिटिङमा धमला पत्नी एलिजा पनि

 

                       काठमाडौं, फागुन १५ ।  हालै रेसम चौधरीको पार्टीमा प्रवेश गरेकी पत्रकार ऋषि धमलाकी पत्नी एलिजा ८ दलीय गठबन्धनको हिस्सा भएकी छिन् । राष्ट्रपति निर्वाचनका लागि ८ दलीय संयन्त्र निर्माणका क्रममा उनी अध्यक्ष रन्जिता श्रेष्ठसँगै गठबन्धनको बैठकमा पुगेकी छिन् ।

हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ८ दलीय गठबन्धनको बैठक बसेको छ ।  बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रपतिका उम्मेदवार रहनु भएका काँगे्रस वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित थिए ।

त्यसैगरी काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी महासचिव देव गुरुङ, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको पनि बैठकमा सहभागिता थियो । उन्मुक्ति पार्टीमा केही दिनअघि प्रवेश गरेकी कलाकार तथा पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम पनि बैठकमा सहभागी भएकी हुन् । बैठकमा गौतमलाई लिएर गएकी रञ्जिता सोफामा पनि सँगै बसेका थिए ।

आगामी राष्ट्रपति निर्वाचनको निम्ति हिजो उम्मेदवारी दर्तापछि ८ दलीय गठबन्धनको बैठक बसेको यो नै पहिलो पटक हो । ती दलबीच शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकपछि गठबन्धन बनाउने सहमति भएको थियो । आजको बैठकले राष्ट्रपति निर्वाचनको निम्ति कार्यदल गठन गरेको छ । काँग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update