काठमाडौं, फागुन १५ । नेप्से घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज सोमबार भने तीन दशमलव ६५ अंकले घटेर दुई हजार २३ दशमलव ५४ अंकमा सिमित हुन पुगेको छ ।
यसैगरी सेन्सिटिभ शून्य दशमलव ८५ अंकले घटेर तीन सय ८३ अंकमा सीमित हुन पुगेको छ । आज दुई सय ५९ वटा कम्पनीहरुको ३७ हजार तीन सय ३८ पटकको कारोबारमा ५१ लाख २० हजार आठ सय ८८ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम एक अर्ब ८९ करोड ३७ लाख ६३ हजार तीन सय ६५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा वाणिज्य बैंक, जीवन बीमा, विकास बैंक, फाइनान्स, लगानी, उत्पादनमूलक र लघुवित्त समुहको सूचक घटेका छन् भने निर्जीवन बीमा, होटल तथा पर्यटन, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरूको सूचक पनि बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज स्वाभिमान लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचुअल फण्ड, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, हिमालयन ऊर्जा विकास कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन प्रालि, ग्रीन डेभलपमेन्ट बैंक, आर्दश लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, जीवन विकास लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड आदि परेका छन् ।