Kath khabar
नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न मिल्ने



                      काठमाडौं, फागुन १६ । आइएमई पे र नेपाल एयरलाइन्सबीच आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रदानकर्ताको रुपमा रहने सम्झौता भएको छ। सो सम्झौता अन्तर्गत ग्राहकवर्गहरुले नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्नसक्नुहुन्छ ।

नेपाल एयरलाइन्सको वेबसाइटमा गई आफ्नो आवश्यकता अनुरूपको गन्तव्य र मिति छानी, मागिएको विवरण भरि चेकआउट गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सक्नुहुनेछ । ग्राहकवर्गलाई भुक्तानी प्रकृया सहज पार्न र साथै विद्युतीय भुक्तानीलाई अबल पार्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो ।

आइएमई पेको बारेमा
‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा‘आइएमई पे’प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन् ।

यसले व्यक्ति-व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी, विद्युत तथा खानेपानीको महशुल भुक्तानी, लोकसेवा परीक्षार्थीहरूले बुझाउन पर्ने आवेदन दस्तुर, राहदानी दस्तुर भुक्तानी, आन्तरिक राजस्व विभाग तथा कार्यालयहरूको कर तथा राजस्व भुक्तानी, स्थानीय सरकार अन्तर्गतका नगर तथा वडा कार्यालयहरूलाई बुझाउन पर्ने राजस्व, कर तथा दस्तुर भुक्तानी, ट्राफिक जरिवाना लगायत स्कुल तथा कलेजको शैक्षिक शुल्क, इन्टरनेट सेवा, हवाई यातायात, केबलकार, बिमा, इएमआई, पुँजीबजार आदि विभिन्न क्षेत्रहरूमा अनलाइन भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैङ्किङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण नेपाली जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका बिल भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।

 


 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update