Kath khabar
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट पक्राउ


               भक्तपुर, फागुन १६ । भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका-६ पुरानो ठिमीबाट पक्राउ गरेको हो ।

भोजपुरमा पनि १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-७ भदौरे बस्ने  २६ वर्षीय हरि कुमार भन्ने हरि श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-६ मठेटारस्थित कच्ची बाटो नजिक श्रेष्ठले ती किशोरीलाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाभोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update