काठमाडौं, फागुन १६ । आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले मलेसियालाई १० विकेटले हराएको छ ।
यूएईमा भएको खेलमा मलेसियालाई हराउँदै नेपालले लगातार चौथो जित निकालेको हो । अब आगामी वर्ष श्रीलंकामा हुने विश्वकपमा पुग्नबाट नेपाल एक जित टाढा रहेको छ ।
नेपालको जितमा दिपक बोहरा २९ बलमा ८ चौकासहित ३८ र अर्जुन कुमाल २५ बलमा ३ चौकासहित २१ रनमा अविजित रहे । यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भयो ।
मलेसियाका लागि मुहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । मलेसियाका शीर्षक्रमका ब्याटर मोहम्मद अकरम मलेकले ५१ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाएका थिए । २०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएई पुगेको नेपाली टोली जितलाई निरन्तरता दिएको हो ।
६ टोली सहभागी प्रतियोगितामा शीर्ष टोलीले आगामी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।