Kath khabar
नेप्से सूचक तथा कारोबार रकम दुबै घट्यो


                 काठमाडौं, फागुन १६ । नेप्से सूचक तथा कारोबार रकम दुबै घटेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से तीन दशमलव ८१ अंकले घटेर दुई हजार १९ दशमलव ७३ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दशमलव शुन्य आठ प्रतिशतले घटेर तीन सय ८१ दशमलव ९३ अंकमा चढेको छ ।

नेप्से आज दुई सय ६२ वटा कम्पनीहरुको २८ हजार छ सय ८४ पटकको कारोबारमा ३९ लाख ४६ हजार २४ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार पाँच सय १५ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको भएपनि वाणिज्य बैंक, फाइनान्स, जीवन बीमा, विकास बैंक, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त र अन्य सहितका नौ वटा समुहहरूको सूचक घटेका छन् भने जलविद्युत, लगानी, सामूहिक लगानी कोष र ट्रेडिङ सहितका चार वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आँधीखोला लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने प्रिमियर इन्स्योरेन्स कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था, इष्टर्न हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने युनिभर्सल पावर कम्पनी, सानिमामाई हाइड्रो पावर कम्पनी आदिको बढी रकम कारोबार भएका छन् ।


 

 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update