Kath khabar
ललितपुर जिल्ला कराँते महासंघको अध्यक्षमा दयाराम महर्जन


                     ललितपुर, फागुन १७ । नेपाल कराँते महासंघ, ललितपुर जिल्ला कराँते महासंघको अध्यक्षमा दयाराम महर्जन सर्वसम्मतबाट चयन हुनु भएको छ ।

महर्जनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । विगत लामो समयदेखि केन्द्रबाट नै अधिवेशन हुन नसकेपछि गत महिना नेपाली कराँतेका संस्थापक तथा पूर्व सदस्य सचिव युवराज लामाको अध्यक्षतामा सदस्य सचिव टंकलाल घिसिङले केन्द्रीय तदर्थ समिति गठन गर्नुभएको थियो ।

उक्त  समितिले केन्द्रबाट ३ (तीन) महिना भित्रमा विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराई साधारण सभा सम्पन्न गरी सक्नुपर्ने प्रावधान रहेको छ । यसबाट नेपाली कराँतेले केही राहतको महसुस गरेको छ । नयाँ केन्द्रीय कार्यसमितिको निर्देशन बमोजिम ललितपुरमा पनि नयाँ कार्य समिति गठन गरिएको हो । जसमा दयाराम महर्जन अध्यक्ष, मनोज न्याछ्यौं बरिष्ठ उपाध्यक्ष, ओम नारायण श्रेष्ठ उपाध्यक्ष, विजय खड्का सचिव, बुद्धरत्न डंगोल कोषाध्यक्ष र सदस्यहरूमा मदन महर्जन, उमेश मल्ल, सुवाल, दिल बहादुर घलान, सलिना खड्गी र दिनेश शाही चुनिनु भएको छ ।

साथै आगामी चैत्र १०-११ गतेसम्म चितवनको भरतपुरमा हुने नेपाल कराँते महसंघको केन्द्रीय अधिवेशनको लागि बाग्मती प्रदेश अधिवेसनमा सहभागी हुनको लागि ललितपुर जिल्लाबाट गोपाल महर्जन, दयाराम महर्जन, मुकुन्द पहरी, बुद्ध राज नेगी, रबिना सुवाललाई प्रतिनिधि पनि तोकेको छ । 

कार्यक्रममा ललितपुर जिल्लाको नवगठित कार्य समिति र प्रदेश प्रतिनिधिहरुलाई ललितपुर क्षेत्र नं १ का प्रदेश सांसद तथा नेपाली कराँतेका पूर्व राष्ट्रिय च्याम्पियन माननीय मीन कृष्ण महर्जनले बधाइ तथा धन्यबाद ज्ञापन गर्नु भयो ।


 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update