आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित
अर्को बैठक चैत ५ गते बस्ने
काठमाडौं, फागुन १७ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित गरिएको जनाएको हो।
संसदको अर्को बैठक उपराष्ट्रिपतिको चुनावपछि चैत ५ गते दिउँसो १ बजे बस्ने बस्नेछ । आज दिउसो १ बजेका लागि निर्धारण गरिएको बैठक विशेष कारणवश स्थगित गरिएको उक्त सूचनामा उल्लेख गरिएको छ ।
निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन मिति तोकेको छ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय