Kath khabar
नेपाल घरेलु तथा साना उद्योग महासंघ ३२ औं वर्षमा

काठमाडौं, जेठ २५ । नेपालमा औद्योगिक पूर्वाधारको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको ३२ औं स्थापना दिवशका अवसरमा सोमबार वेबिनारमार्फत गरिएको कार्यक्रममा बोल्दै उनीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्घ बन्ने बताउनभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल सरकारले अर्थतन्त्रको निर्माण र सञ्चालनमा निजी क्षेत्रको सहकार्य सँगसँगै जाने नीति भएको भन्दै लघु, साना तथा घरेलु उद्योगहरुको विकास, प्रवद्र्घन सम्वद्र्घनका सन्दर्भमा यसले लिने नीति र कार्यक्रमका सन्दर्भमा विविध आयामका सन्दर्भमा महासंघका पदाधिकारीहरुको सल्लाह सुझावबाट सरकार अहिलेसम्म अगाडि आएको बताउनुभयो ।

आगामी दिनमा पनि उद्योगी व्यवसायीहरुका महत्वपूर्ण सुझावहरुलाई महत्वका साथ लिने भन्दै उहाँले साना उद्योगको सन्दर्भमा सरकारले ल्याएको बजेटमा पनि महासंघकै सुझावका आधारमा धेरै विषय ल्याएको बताउनुभयो ।

मुलुकको साधन स्रोतको अवस्थालाई हेरेर साना उद्योगका धेरै विषयलाई समेटेर लैजाने प्रयास गरेको भन्दै उहाँले भन्नुभयो र– आगामी दिनमा पनि यस्तो प्र्रयास रहिरहने छ ।’

गत वर्षदेखि कोभिड महामारी शुरु भएयता यस्ता उद्योगको महत्व झनै बढेको भन्दै सचिव पोखरेलले भन्नुभयो र– घरेलु उद्योग भनेको स्थानीय कच्चा पदार्थ र प्रविधिमा आधारीत भएको, हामीले आफैले सञ्चालन गर्न सकिने र लगभग बजार पनि हाम्रो आफ्नै भएको हुँदा यसको दीगोपना छ भन्ने बुझेका छौं ।’

साना उद्योगसँग सरकार सँगसँगै हिंड्ने, सरकारको तर्फबाट असल प्रयास भइरहने प्रतिवद्घता व्यक्त गर्दै उहाँले भन्नुभयो र जुनसुकै उद्योगहरुलाई निश्चित पूर्वाधार सरकारले दिनुपर्छ, विशेष गरी घरेलु तथा साना उद्योगको संरक्षण गर्नुपर्छ भन्ने मन्त्रालयको धारणा छ ।’ र मैले मन्त्रालयमा जिम्मेवारी सम्हालेदेखि धेरै फोरमहरुमा भनेको छु राज्यले पाँचवटा विषयहरु उद्योग क्षेत्रमा दिनुपर्छ । त्यो भनेको पहिलो नीति संरचना त्यसपछि सरल र सहज रुपमा पूँजीको उपलब्धता, श्रमिकको उत्पादन गरिदिनुपर्छ, उद्योगलाई चाहिने बजार पूर्वाधार र भौतिक पूर्वाधारहरु पनि बनाइदिनुपर्छ ।’

विशेषगरी साना तथा घरेलु उद्योगहरुका लागि त बजारको लिंक गरिदिनुपर्छ भन्ने मन्त्रालयको बुझाई रहेको भन्दै त्यसै अनुरुप सरकारले काम गरिरहेको उहाँको भनाई थियो ।

महासंघका अध्यक्ष श्याम गिरीले धेरै देशको अर्थतन्त्र भनेको स-साना उद्योगहरुको प्रवद्र्घनबाट शुरु भएको पाइएको भन्दै भन्नुभयो र खासगरी एसियाकै दुई मुलुक ताइवान र जापानलाई हेर्‍यौ भने त्यहाँको मेरुदण्ड भनेकै त्यहाँका ग्रामीण तह र घरमै रहेका साना उद्योगहरुलाई ठूला उद्योगहरुसँग जोडेर आज सफल भएका छन् ।’

अमेरिककाकै इतिहास हेर्ने हो भने पचास वर्षको दौरानमा अमेरिकाले साना उद्योगको प्रवद्र्घनबाट फड्को मारेको भन्दै उहाँले भन्नुभयो र विश्व अर्थतन्त्रको पाँचभाग मध्ये डेढ भाग सम्हालेर बसेको अमेरिकाले हाम्रा जस्तै स–साना उद्योग एसएमईलाई नै प्राथमिकातामा राखेर त्यही नै अर्थतन्त्रको मेरुदण्ड हो भनेर अगाडि बढाएको छ ।’

नेपाल अल्पविकशित राष्ट्रका रुपमा रुपान्तरित हुँदै गरेको अवस्थामा हामीले केही मापदण्ड पुरा गरेका छौं तर आर्थिक हैसियत र पूर्वाधार विकास ग¥यौं कि गरेनौं बुझ्न जरुरी भएको उहाँको भनाई राख्दै भन्नुभयो र त्यसैले यसलाई सरकारको मात्रै दायित्व नबुझेर हामी निजी क्षेत्रको पनि ग्रामीण अर्थतन्त्र र साना खालको उद्यम व्यवसाय खासगरी गरिबीको रेखामुनी रहेका र मध्यमवर्गीय परिवार संलग्न रहेको साना खालको कृषि उद्यम र साना खालको उद्यम व्यवसाय जसमा प्रत्यक्ष रुपमा पाँच लाख परिवार र अप्रत्यक्ष रुपमा अर्को १५ लाख परिवार यही क्षेत्रमा आश्रित छ ।’

अघिल्लो वर्ष महिला उद्यमी कोषलाई महिला उद्यमी कर्जाको रुपमा परिणत गर्ने र वाणिज्य बैंकमार्फत यसमा लगानी गर्ने भन्ने कार्यक्रम लागु गरियो तर लक्षित वर्गले सहजै प्राप्त गर्न नसकको भन्दै अध्यक्ष गिरीले भन्नुभयो र हाम्रो नेटवर्कमा रहेका ११ हजार महिला उद्यमीमध्ये दुई चार सय भन्दा बढीले यो सुविधा प्राप्त गर्न सक्नुभएन ।

त्यसैगरी युवा उद्यमीको हकमा खासगरी शैक्षिक बेरोजगारलाई उद्यमी बनाउने सन्दर्भमा विशिष्ट जातिगत पहिचानसहित आफ्ना उद्यम प्रवद्र्घन गर्ने सन्दर्भमा र अन्य लघु घरेलु तथा साना उद्योगलाई प्रवद्र्घन गर्न अघिल्लो बजेटले व्यवस्था गर्दागर्दै पनि कतिपय कार्यान्वयन हुन सकेन ।

पुन:कर्जाकै सन्दर्भमा कतिपय प्रावधानले गर्दा लघु घरेलु उद्योगीले नपाउने अवस्था सिर्जना भएको भन्दै आगामी मौद्रिक नीतिमार्फत व्यवस्था गर्न उद्योग मन्त्रालयले प्रयास गनुपर्नेमा उहाँको जोड थियो । महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले स्थापना हुँदा कुनै घरमा टुकी बालेर शुरुवात गरेको महासंघ आज ७७ वटै जिल्लामा पुगेको छ भने ३४१ वटा पालिका र सरकारको २६ वटा समितिमा पुगेको बताउनुभयो ।

उद्यमीहरुका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको भन्दै उहाँले अहिले पाँच लाखको हाराहारीमा रहेका उद्योगीहरुलाई सरकारले मान्यता दिएर हरेक समितिमा राखेको भन्दै उहाँले भन्नुभयो - 'ती समितिहरुमा साना उद्योगीहरुको समस्या र आइपरेका समाधानका उपायहरु अवलम्बन गरेका छौं र खोज्ने प्रयास गरेका छौं ।’

अघिल्लो वर्ष सरकारले सदासयता देखाएको थियो, नीति तथा कार्यक्रम र बजेटमा महासंघले दिएका सुझावका आधारमा धेरै सम्बोधन गरेको थियो । तर कार्यान्वयन पक्ष एकदमै कमजोर भयो र त्यसकै निरन्तरता अहिलेको बजेटमा पनि दिइएको छ । अब कार्यान्वयनमा जोड दिनुपर्ने हाम्रो माग छ ।’ वरिष्ठ उपाध्यक्ष सिंहले भन्नुभयो ।

महासंघ केन्द्रिय महिला उद्यमी समितिका सभापति अञ्जु उपाध्यायले साना उद्यमीहरुको हकहित संरक्षण गर्न जन्मेको महासंघ आज हजारौं उद्यमी व्यवसायीलाई गोलबद्घ गर्दै अगाडि बढिरहेको बताउनुभयो ।

'स्थापना दिवस मनाइरहँदा हामी दुःखी छौं, आज कोभिडले थिलोथिलो पारेको छ, कति व्यवसायीहरु अहिले पनि संक्रमित हुनुहुन्छ, कति साथीहरु दिवंगत पनि हुनुभएको छ जसले गर्दा हाम्रो उद्योगहरुमा ठूलो समस्या परेको छ’ – उहाँले भन्नुभयो ।

महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले ३१ वर्षसम्म धेरै आरोहअवरोह पार गरेको स्मरण गर्दै कोरोना संक्रमणयता साना तथा घरेलु उद्यमी व्यवसायीहरु अत्यन्तै मर्माहत भएको बताउनुभयो । यस्तो अवस्थामा देशको मेरुदण्डको रुपमा रहेका घरेलु तथा साना उद्योगहरुलाई प्रवद्र्घन गर्नुपर्ने भन्दै सरोकारवालाको ध्यानकर्षण गराउनुभयो ।

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update