प्रदेश १ को नाम ‘किरात लिम्बुवान सगरमाथा’ राख्न अर्को प्रस्ताव
विराटनगर, फागुन १७ । प्रदेश १ को नाम ‘किरात लिम्बुवान सगरमाथा’ प्रस्ताव राख्न अर्को प्रस्ताव आज प्रदेश सभा सचिवालयमा दर्ता भएको छ।
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर ‘किरात लिम्बुवान सगरमाथा’ राख्न संसद सचिवालयमा अर्को प्रस्ताव दर्ता गराएका हुन् । जनता समाजवादी पार्टीले पनि एकीकृत समाजवादीकै प्रस्तावमा समर्थन जनाएको छ । प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।
प्रदेश १ को नामांकरणका लागि अहिलेसम्म दुईवटा प्रस्ताव दर्ता भएका छन् । यसअघि नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्न प्रदेश सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ १४:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय