समाज दर्पण
बैदेशिक रोजगार बिभाग भित्रै अभियन्ता तारा बराल माथि हातपात
बराल समूहले मेनपावरहरुको लाइसेन्स खारेज गर्नुपर्ने र नेपालीलाई वैदेशिक रोजगारमा जान रोक लगाउनुपर्ने माग राखेको थियो । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदैछ
काठमाडौं, फागुन १७ । सामाजिक अभियन्ता तारा बरालमाथि आज कुटपिट भएको छ । बैदेशिक रोजगार बिभाग भित्रै म्यानपावर व्यवसायीले अभियन्ता तारा बराललाई कुटपिट गरेका थिए ।
वैदेशिक रोजगार व्यवसायीहरुको लाइसेन्स खोस्न माग गर्दै वैदेशिक रोजगार विभागमा दबाब दिन पुगेकी बराल सहित, उनको समूहका केहि जनामाथि परिसर भित्रै कुटपिट हुन थालेपछि प्रहरीले बराल समूहका ४-५ जना र वैदेशिक रोजगार व्यवसायी १ जनालाई नियन्त्रणमा लिएको थियो ।
बराल समूहले मेनपावरहरुको लाइसेन्स खारेज गर्नुपर्ने र नेपालीलाई वैदेशिक रोजगारमा जान रोक लगाउनुपर्ने माग राखेको थियो । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदैछ ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ १३:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय