प्रदेशको नामाकरणको टुङ्गो नलागुन्जेलसम्मका लागि विराटनगरमा निषेधाज्ञा घोषणा
विराटनगर, फागुन १७ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा जारी गरेको छ ।
बुधबार प्रदेशसभाले नामकरणबारे छलफल हुने भएकोले नामकरणको प्रक्रिया टुङ्गो नलागुन्जेलसम्मका लागि प्रदेश सभा आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश १ को प्रदेशसभा सचिवालय भवन रहेको आसपासका क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
ति क्षेत्रभित्र कुनै प्रकारका विरोध, धर्ना, जुलुस, झडप हुन नदिन दिउँसो ३ बजेदेखि अर्को आदेश नआएसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ १५:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय