काठमाडौं, फागुन १७ । नेप्से झण्डै २५ अंकले घटेको छ । आज बुधबार नेप्से २४ दशमलव ४४ अंकले घटेर १९ सय ९५ दशमलव ४९ अङ्कमा सीमित भएको छ ।
यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ५६ अंकले घटेर तीन सय ७८ दशमलव ३७ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरुको २६ हजार चार सय ५४ पटकको कारोबारमा ३७ लाख २९ हजार नौ सय ७६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब २८ करोड ८३ लाख ६३ हजार चार सय २४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आर्दश लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेको छ भने बोटर्लस नेपाल (तराई) लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने अपर तामाकोसी हाइड्रोपावर कम्पनी, शिवम् सिमेन्ट, जीवन विकास लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।