आईसीसीको स्वीकृति आएसँगै सन्दीप गए युएई
काठमाडौं, फागुन १७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई आईसीसीले विश्वकप लिग २ खेल्न अनुमति दिएपछि सन्दीप युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । उनीसँगै क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह पनि यूएई गएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले घाइते रहेका श्याम ढकाल (मौसम) को सट्टामा सन्दीपलाई राख्न मागेको अनुमति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले स्वीकृत गरेको हो । नेट अभ्यासमा ब्याटिङ गर्ने क्रममा श्याम (मौसम) ढकालको काँधमा चोट लागेको थियो ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गतको युएईमा हुने ४ मध्ये तीन खेल बाँकी रहेको छ। सिरिजको दोस्रो खेल नेपालले बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ १६:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय