बजार
भारतबाट घटेर आयो इन्धनको मूल्य
नयाँ मूल्य सूची अनुसार मट्टितेल प्रतिलिटर ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ५ रुपैयाँले घटेर आएको छ। एलपिजी ग्यास भने प्रति सिलिन्डर ३ सय ४९ रुपैयाँले वृद्धि भएको छ
काठमाडौं, फागुन १७ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले ग्यास बाहेक सबै इन्धनको मूल्य घटाएर पठाएको छ।
आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा र डिजेल प्रतिलिटर ५ रुपैयाँले घटेको हो।
त्यस्तै नयाँ मूल्य सूची अनुसार मट्टितेल प्रतिलिटर ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ५ रुपैयाँले घटेर आएको छ। एलपिजी ग्यास भने प्रति सिलिन्डर ३ सय ४९ रुपैयाँले वृद्धि भएको छ। भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगमले स्थानीय बजारमा भने मूल्य यथावत राख्ने भएको छ।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ १६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय