Kath khabar
प्रदेश नम्बर-१ को नाम किरात-लिम्बुवान-सगरमाथा स्वतः अस्वीकृत

 

               विराटनगर, फागुन १७ । प्रदेश १ को नाममा किरात-लिम्बुवान-सगरमाथा स्वतः अस्वीकृत भएको छ । बैठकले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले राखेको किरात-लिम्बुवान-सगरमाथा प्रदेश नामको प्रस्ताव प्रदेशसभाले छलफलका लागि अस्वीकार गरेको हो ।

प्रदेश १ को नाम ‘कोसी प्रदेश’ होस् भनी गरिएको प्रस्ताव पारित भएको छ । प्रदेशसभाले एमाले सांसद रामबहादुर राना मगरले कोशी प्रदेश नाम राख्न गरेको प्रस्ताव छलफलका लागि स्वीकृत गरेको हो ।

प्रदेशको नाम कोशी राख्ने प्रस्ताव छलफलको प्रक्रियामा अघि बढेको छ । नेकपा एमालेका प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले कोशी नाम राख्दा सबै पक्षलाई समेटिने बताए ।

 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update