Kath khabar
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रूवि खतिवडा पक्राउ


               काठमाडौं, फागुन १८ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २८ वर्षीय रूवि खतिवडालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।खतिवडाले प्रभु बैंक लिमिटेड काठमाडौं बबरमहल  शाखामा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय काठमाडौं सुन्धारा पठाइएको छ ।


 

 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update