Kath khabar
यू-१९ विश्वकप छनौटको निर्णायक खेलमा यूएई विरुद्ध टस जितेर ब्याटिङ थालेको नेपालको खराब शुरुवात
Photo : CAN

 

                      काठमाडौं, फागुन १८ ।  आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा यूएई विरुद्ध टस जितेर ब्याटिङ थालेको नेपालले खराब शुरुवात गरेको छ ।  अजमानको इडन ग्रार्डेन ओभलमा नेपालले ९ रनमा २ विकेट गुमाएको छ ।  

नेपालले  पहिलो ४ ओभरमा २ विकेट गुमाउँदै ९ रन बनाएको छ ।  नेपालले पहिलो ओभरमै विकेट गुमायो, ओपनर दीपक बोहरालाई तीव्र गतिका बलर हरित हर्ष सिठ्ठीले बोल्ड आउट गरेका हुन् । चौथो ओभरको पाँचौं बलमा नेपालका ओपनर अर्जुन कुमाल ३ रनमा स्टम्पिङ भए भने अर्जुन कुमाल ३ र दीपक बोहरा शून्यमा आउट भएका छन । 

यूएई शीर्ष र नेपाल दोस्रो स्थानमा छ । आजको खेल जित्ने टोलीले प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाल २०१६ पछि यू-१९ विश्वकप खेल्ने सोचमा हुनेछ । यूएईसँग नेपाल २०१९ मा भोगेको १ रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ । 

मलेसियाको किनारारा ओभल क्रिकेट एकेडेमीमा नेपाल २०१९ अप्रिल १३ मा युएईसँग डीएल मेथडका आधारमा १ रनले पराजित भएको थियो । 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update