काठमाडौं, फागुन १८। आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले पहिले बलिङ्ग गर्दैछ ।
दुबईको दुबई इन्टरनेशनल क्रिकेट ग्राउण्डमा केही बेरमा शुरु हुने त्रिकोणात्मक श्रृंखला अन्तर्गत युएईविरुद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ्ग गर्न लागेको हो ।
आजको खेलमा सन्दीप लामिछाने पनि सम्मिलित छन् । सर्वोच्च अदालतले सन्दीपको यात्रा प्रतिबन्ध फुकुवा गरेपछि क्यानले युएई भ्रमणमा पठाएको हो ।
लिग २ मा यसअघि लगातार पाँच जित निकालेको नेपाल आजको खेलमा यूएईलाई पराजित गर्दै आफ्नो जितलाई निरन्तरता दिन चाहन्छ । सिरिजको पहिलो खेलमा नेपालले पपुवान्युगिनीलाई पराजित गरेको थियो ।
नेपालको प्लेइङ ११:
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा र सन्दीप लामिछाने ।